आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

पोखरा फेवाताल किनारका पाँचवटा रेष्टुरेण्टमा आगलागी


नेपाल आवाज ६ मंसिर २०७८, सोमबार १०:०५ मा प्रकाशित ७९ पाठक संख्या

पोखरा । पोखराको फेवाताल किनारमा आज बिहान आगलागी हुदाँ किनारमा रहेका पाँचवटा रेष्टुरेण्ट जलेर न’ष्ट भएका छन् । आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

सोमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको विवरण पूरा आएको छैन