आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज बढयो सुनको भाउ


नेपाल आवाज ६ मंसिर २०७८, सोमबार १०:४८ मा प्रकाशित ६१ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु २०० वृद्धि भएको छ । आइतबार रु ९३ हजार ७०० मा कारोवार भएको छापावाला सुन सोमबार रु २०० ले बढेर तोलामा रु ९३ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार तेजाबी सुन तोलामा रु ९३ हजार ४०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ७० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।