आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज रु १६०० घटयो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?


नेपाल आवाज ७ मंसिर २०७८, मंगलवार ११:१० मा प्रकाशित ७९ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिराउट आएको छ । सोमबार रु ९३ हजार ९०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु १६०० घटेर तोलामा रु ९२ हजार ३०० मा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुन तोलामा रु ९१ हजार ८०० मा कारोवार भएको छ । सोमबार तेजाबी सुन तोलामा रु ९३ हजार ४०० मा कारोवार भएके थियो । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ५५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।