आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

यस्तो रहने छ आजको मौसम


नेपाल आवाज ७ मंसिर २०७८, मंगलवार ११:२३ मा प्रकाशित ४३ पाठक संख्या

काठमाडौ । देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक र दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ ।

त्यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।