आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

पहाडी क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना


नेपाल आवाज ८ मंसिर २०७८, बुधबार ११:२४ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं। बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।

राति देशका पहाडी भूभागमा बदली रहनेछ। बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको. छ।