आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

देशका केहि स्थानमा वर्षा र हिमपातको सम्भावना


नेपाल आवाज ९ मंसिर २०७८, बिहीबार ०८:२५ मा प्रकाशित २५ पाठक संख्या

काठमाडौ । आज देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

 

त्यस्तै, दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक र दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।