आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

ओमिक्रोन डेल्टाभन्दा कम ख’तरनाक


नेपाल आवाज २१ मंसिर २०७८, मंगलवार ०७:३६ मा प्रकाशित ५११ पाठक संख्या

काठमाडौ ।  अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम ख’तरनाक रहेको प्रा’रम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको ग’म्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।

सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रा’रम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या ड’रलाग्दो हिसाबले बढोत्तरी नभएको सूचना दिएको छ।

‘यो भेरियन्टका कारण रोगको ज’टिलता त्यति धेरै देखिएको छैन। तर यो ज’टिल नभएको र यसले डेल्टाको तुलनामा ग’म्भीर हिसाबले बिरामी नपार्ने भनेर ला’परबाही नगरी सावधान हुन जरुरी छ,’ डा. फाउसीले भने। अमेरिकाका एकतिहाइ राज्यमा ओमिक्रोन देखिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।