आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

पूर्वी युरोपमा को’भिड सं’क्रमितको संख्या बढेको बढ्यै


नेपाल आवाज २२ मंसिर २०७८, बुधबार ०८:४० मा प्रकाशित ४८७ पाठक संख्या

एजेन्सी । पूवीं यूरोपमा को’भिड सं’क्रमितको संख्या निरन्तर बढिरहेको छ । यहाँ सं’क्रमितको संख्या दुई करोड नाघ्ने अनुमान गरिएको छ । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभरका सं’क्रमितमध्ये २० प्रतिशत सं’क्रमित यहाँ छन् ।

पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा सं’क्रमितको संख्या उच्च छ । युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । पूर्वी युरोपमा प्र’तिबन्ध खु’कुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा सं’क्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा खोप अनिवार्य गरिएको छ ।

पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा सं’क्रमित देखिएका छन् । रसियामा हरेक पाँच मिनेटमा १२० जनामा को’रोना पोजेटिभ देखिएको छ । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अ’विश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।

पूर्वी युरोपमा खोप नलगाउने जमात पनि बढ्दो छ । सबैभन्दा धेरै हंगेरीका मानिसहरुले खोप लगाउन अ’निच्छा देखाएका छन् । हंगेरीमा जम्मा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । युरोपेली देशमा नयाँ सं’क्रमितको संख्या दिनहुँ बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार नयाँ सं’क्रमित भेटिएका छन् । यसैबीच, युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा जनाइएको छ ।