आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

रिजल्ट चित्त नबुझेको भन्दै आ’न्दोलनमा उ’त्रिएका विद्यार्थी र प्रहरीबीच झ’डप, १२ जना प’क्राउ


नेपाल आवाज २७ मंसिर २०७८, सोमबार ०७:३७ मा प्रकाशित ३७९ पाठक संख्या

पोखरा । कक्षा १२ नतिजा चित्त नबुझेको भन्दै पोखरामा विद्यार्थीहरु आ’न्दोलनमा उ’त्रिएका छन् । उनीहरुले १ हप्तादेखि परीक्षा व्यवस्थापन बोर्डमा ध’र्ना दिइरहेका छन् । नतिजा चित्त नबुझेको भन्दै ध’र्नामा रहेका विद्यार्थीमाथि आइतबार प्रहरीले बल प्रयोग गरेको छ । ध’र्नामा बसेका १२ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था त’नावपूर्ण बनेको थियो । त्यस क्रममा झ’डप हुँदा केही विद्यार्थी र प्रहरीसमेत घा’इते भएका छन् ।

गण्डकीमा ७ वटा विद्यालयबाट कानुन विषयमा परीक्षा दिएका विद्यार्थीको नतिजामा निकै कम अंक आएको भन्दै विद्यार्थीहरु आ’न्दोलनमा उ’त्रिएका हुन् । यो विषयमा सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थीले बी प्लस मात्रै पाएको उनीहरुको भनाइ छ । आफूहरुले परीक्षा राम्रो गरे पनि नतिजा ग’लत मनसायबाट प्रकाशित गरिएको विद्यार्थीहरुको आ’रोप छ । परीक्षा बोर्डले नतिजामा असन्तुष्टी भए पुस ४ गतेसम्म निवेदन दिन भनेको छ । तर, त्यसका लागि पैसा तिर्नुपर्छ । विद्यार्थीहरुले विना शुल्क आफ्नो उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग राखेका छन् । विद्यार्थी संघ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी समस्या समाधानको माग गरेका छन् ।

‘नियोजित रुपमा अ’नियमितता भएको देखिएको छ । विद्यार्थीहरु यसबाट म’र्कामा परेका छन्,’ विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरु आफ्नो अधिकारको लागि ध’र्नामा बसेको बेला प्रहरी प्रशासनले नि’र्ममतापुर्वक ला’ठी चार्ज गरेको र विद्यार्थीहरुलाई कु’टपिट गरेको छ । केही घा’इते र गि’रफ्तार गरिएको छ । उक्त घ’टनाको घो’र भत्र्सना गर्दछौं।’ उनीहरुले घा’इते विद्यार्थीको निस्शुल्क उपचार र गि’रफ्तारमा परेकाको रि’हाइको माग गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, अनेरास्ववियू, अखिल क्रान्तिकारीका प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो माग गरेका हुन् । भदौ ३० गतेदेखि सञ्चालन भएको परीक्षाको नतिजा मंसिर ९ गते प्रकाशित गरिएको थियो ।

प्रदेश परीक्षा व्यवस्थापन बोर्ड प्रमुख विष्णुनारायण श्रेष्ठले कानुन संकायका विद्यार्थीको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयमै पठाएको बताए । ‘धेरै विद्यार्थी भएका विषयको जाँच प्रदेशमै भयो । थोरै पुस्तिका परीक्षा नियन्त्रण कार्यालयमा पठाएका थियौं,’ उनले भने, ‘माथिबाट आएको नतिजाबारे हामीलाई जानकारी छैन । जे रिजल्ट आयो, त्यही प्रकाशन गरिएको हो ।’ विद्यार्थीको मागबारे सम्बन्धित ठाउँमा जानकारी गराउने उनको भनाइ छ ।