आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

कोरोना विरुद्धको पहिलो डोज खोप लगाएकाले दोस्रो डोज लगाएनन्


नेपाल आवाज ६ पुष २०७८, मंगलवार १६:५० मा प्रकाशित ३९१ पाठक संख्या

बाजुरामा को’रोनावि’रुद्धको पहिलो डोज खाे,प लगाएका १२ हजारभन्दा बढीले दोस्रो डोज खाे’प नलगाएको पाइएको छ । विभिन्न चरणमा गरी पहिलो मात्रा लगाएका १२ हजार ४६९ जनाले दोस्राे मात्रा नलगाएकाे जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।बाजुरामा भेरोसेल, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन गरी तीन प्रकारको खोप सञ्चालन भइरहेको थियो । बाजुराका नाैवटै स्थानीय तहबाट भेरोसेल र को’भिसिल्ड गरी ५५ हजार २६२ जनाले पहिलो मात्राको खो’प लगाएका थिए । ३८ हजार ५९० जनाले भेरोसेल र १६ हजार ६७२ जनाले को’भिसिल्डकाे पहिलो मात्राको खोप लगाएका स्वास्थ्यकर्मीले बताएका छन ।

तीमध्ये दोस्राे चरणमा २९ हजार २६१ जनाले भेरोसेल र १३ हजार ७३२ जनाले को’भिसिल्ड गरी ४२ हजार ९९३ जनाले मात्र खाे,पकाे दोस्राे मात्रा लगाएकाे जिल्ला स्वास्थ्य कार्यालयका खोप शाखाका अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । १२ हजार २६९ जनाले दोस्राे मात्राको खोप नलगाएकाे उनले बताए ।बाजुरामा १८ वर्षमाथिका ९९ हजार ६२ नागरिकलाई को]रोनावि]रुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा पाँच हजार ९७८ जनाले जोन्सन एन्ड जोन्सन र ४२ हजार ९९३ जनाले भेरोसेल र को]भिसिल्डको पूर्ण खोप लगाएका न्यौपानेले बताए ।

जिल्लाका उत्तरी क्षेत्रका चारवटा पालिकालाई पायक पर्ने गरी कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, दक्षिणी क्षेत्रका पालिकाहरूलाई पायक पर्ने गरी टाँटे स्वास्थ्य चौकी र अन्य पालिकालाई पायक पर्ने गरी जनस्वास्थ्य प्रवर्द्धन एकाइबाट को]रोनावि]रुद्धको खो,प लगाइँदै आएकाे छ । विभिन्न चरणमा जिल्लाका नौवटै पालिकाका स्वास्थ्य चौकीदेखि लिएर टोलटोलसम्म गरी ८४ वटा खोपकेन्द्रबाट खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए ।