आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृ’त्यु


नेपाल आवाज २१ पुष २०७८, बुधबार १८:१९ मा प्रकाशित १८१ पाठक संख्या

सप्तरी । अग्नि साइर कृष्णा सवरण गाउँपालिका-६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।

एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको श’व सोमबार घर ल्याइएको छ । आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए । तर, उनको मंसिरमा दुबईमै ज्या’न गएको छ । उनका दुई छोरा र पत्नी छन् ।