आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

सीमाबाट भित्रिन लाग्यो को’रोना सं,क्रमण, एकैदिन १०२ जनामा पो’जेटिभ


नेपाल आवाज २३ पुष २०७८, शुक्रबार १२:२२ मा प्रकाशित ७५७ पाठक संख्या

भारतबाट आउने नेपालीहरूमा सं’क्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा सं’क्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ ।केही समय शून्यमा झरेको को’रोना सं’क्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारतमा पछिल्लो दिन सं,क्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखापर्न लागेको हो ।नेपाल भारत सीमा बेलहियामा मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा को,रोना सं,क्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।लामो समय भारत बसेर आउनेहरूलाई सीमा विन्दुमै शंका लागे परीक्षण भइरहेको छ । पछिल्लो एक साताबाट संlक्रमिlतको संख्या बढेको छ । भारतबाट आउनेमध्ये दैनिक करिब ३०० जनाको ए’न्टिजेन परीक्षण गर्दा २०÷२५ जनामा सं’क्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका रेडक्रसका हेल्थ डेस्कका इन्चार्ज अभिनव निरौलाले बताए ।

‘नेपाल रेडक्रस सोसाइटीले बिहान ६ बजेबाट शंकास्पद र रोजगारीबाट आएका नागरिकको एन्टिजेन प’रीक्षण र स्क्रीनिङ गरेपनि तीन चार दिनबाट सं’क्रमितको संख्या बढेका छन, सं’क्रमितमध्ये अ’धिकांश तीर्थयात्री र रोजगारीमा रहेका नेपालीहरू रहेका छन्’, उनले बताए ।भारतका विभिन्न शहर र विदेशी मुलुकहरूमा कोरोनाको नयां भेरियन्ट ओ]मिक्रोन देखिएका बेला पो,जिटिभ देखिनेहरू अधिकांश दिल्ली, कलकत्ता, बनारस, गया, काशी लगायतका क्षेत्रबाट आएकाहरू छन् ।दैनिकरुपमा सं’क्रमित बढे पनि सीमामा खासै सर्तकता अपनाइएको छैन । सीमामा दैनिक उपाभोग्य र बजार हजारौ नागरिक ओहोरदोहोर गरिरहेका छन् । जसबाट पनि संक्रमण रोकथामका लागि प्रभावकारी देखिँदैन ।नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओ’मिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अ’फ्रिकाबाट आएका थिए ।