आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

हेनुहोस आज यस्तो छ सुनको भाउ


नेपाल आवाज २७ पुष २०७८, मंगलवार ११:०७ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य रु ३०० ले वृद्धि भएको छ । सोमबार रु ९१ हजार ३०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु ३०० बढेर तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै, आज तेजाबी सुन तोलामा रु ९१ हजार १०० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १२ सय ३० मा कारोवार भएको महासंघले जनाएको छ ।