आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण


नेपाल आवाज २७ पुष २०७८, मंगलवार १२:२२ मा प्रकाशित २११ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । यसैगरी विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण पनि माल्यार्पण गर्न त्यहाँ पुगेका छन् ।

कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारद अर्पण गरेको थियो ।