आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्व श्री ५ सिंहदरबारमा


नेपाल आवाज २७ पुष २०७८, मंगलवार १४:५८ मा प्रकाशित ३६७ पाठक संख्या

काठमाडौं – पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुग्नु भएको छ।

आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उहां पहिलो पटक सिंहदरबार पुग्नुभएको हो। उहांले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्नु भयो।

सो अवसारमा उहांको समर्थक देशभक्त राष्ट्रवादी स्वतन्त्र नेपाली नागरिकहरुले उहांको जयजयकार गरिराखेका थिए। उहांले शालिकमा माल्यार्पण गरिरहँदा ‘गणतन्त्र मुर्दावाद’ को नारा गुन्जिरहेको थियो ।

राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ ,चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद,यो व्यवस्था चाहिँदैन,नारायणहिटी खाली गर हाम्रो राजा आउदै छ, ‘राजा आउ,देश बचाउ’लगायत गणतन्त्र विरोधी नारा त्यहां उपस्तिथ उहांको समर्थकहरुले लगाएका थिए।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ।

राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तिको दिन सार्वजनिक विदा दिने गरिन्थ्यो। गणतन्त्र आएपछि विदा कटौती गरिएको छ। पछिल्लो समय पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु पर्ने माग उठिरहेको छ।