आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

एमाले प्रदेश अधिवेशनको मिति सर्‍यो, अब २८ र २९ माघमा हुने


नेपाल आवाज २७ पुष २०७८, मंगलवार १४:२० मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं । एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।तर, को’भिड म’हा’मारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय को’रोना सं’क्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

काठमाडौं, ललितपु र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो ।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ माघमा तय भएको प्रदेश अधिवेशन सरेको जानकारी दिए । ८ माघका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको उनले बताए ।