आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

कजाकस्तान सं’कटः ९ हजार जनालाई जेल चलान, नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी


नेपाल आवाज २७ पुष २०७८, मंगलवार १४:३५ मा प्रकाशित १६९ पाठक संख्या

एजेन्सी । कजाकस्तानमा अशान्ति बढिरहेका बेला सरकारले साढे नौ हजारलाई पक्राउ गरी कारागार चलान गरेको छ । इन्धनमा मूल्य बृद्धिपछि गत साता भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुलाई पकाउ गरी थुनामा राखेको हो ।

राष्ट्रपति कस्याम जोमार्ट टोकायेभले सरकारविरुद्धको हिं’सात्मक पर्दशनलाई कु प्रयास बताउँदै आएका छन् । राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दै आजै नयाँ प्रधानमन्त्री चुन्ने तयारी छ । प्रदर्शनमा अन्य क्षेत्रीय देशहरु, अफगानिस्तान, मध्यपूर्वबाट आएका मुस्लिम अतिवादीले प्रदर्शनमा सुरक्षाकर्मीमाथि हमला भएको बताए ।प्र’दर्शनकारी र प्रहरीबीचको झ’डपमा १६ सुरक्षाकर्मी र २०० प्र’दर्शनकारी मा’रिएका थिए ।