आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

नेपालमा एकैदिन भेटिए २४ सय ४४ जना सं’क्रमित


नेपाल आवाज २७ पुष २०७८, मंगलवार १७:४२ मा प्रकाशित १२२५ पाठक संख्या

काठमाडौं । नेपालमा को’रोना सं’क्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घन्टामा पन्ध्र हजार ३३ वटा नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा को’रोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार दश हजार ६ सय ७८ जनामा गरिएको पीसीआर परीक्षणमा १९ सय ८१ जनामा र चार हजार तीन सय ८५ जनामा एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा सं’क्रमण देखिएको हो ।योसँगै देशभर सक्रिय सं’क्रमितको संख्या नौ हजार ५२२ रहेको छ । पछिल्लो २४ घन्टामा तीन सय १३ जना डिस्चार्ज भएका छन् । एकजनाको मृ’त्यु भएको छ ।