आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

पर्यटन मन्त्री आले चढेको गाडीलाई कारले दियो ठक्कर


नेपाल आवाज २७ पुष २०७८, मंगलवार २३:१५ मा प्रकाशित १६९ पाठक संख्या

काठमाडौं – धनगढीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।

मन्त्री आले चढेको सु.प. प्रदेश ०१-००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो।

सो गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

धनगढी विमानस्थलबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले चढेको गाडीमा राति ८:२० बजे ठक्कर दिएको अधिकारीले बताए।

कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको उनले जानकारी दिए। मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर गइसकेका छन्।

कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।