आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

१८३ किलो गाँजासहित एक पक्राउ


नेपाल आवाज २७ पुष २०७८, मंगलवार २३:२२ मा प्रकाशित १३३ पाठक संख्या

काठमाडौं – मकवानपुरमा १८३ किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भिमफेदी गाउँपालिका-२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।

प्रहरीले थाहा नगरपालिका-२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ ६ बजे पालुङबाट हेटौंडा जाँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडीमा गाँजा फेला परेको हो।

प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।