आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

अफगानिस्तानमा मानवीय दु’र्घटनाबाट जोगाउन ५ अर्ब डलर आवश्यकः राष्ट्रसंघ


नेपाल आवाज २८ पुष २०७८, बुधबार ०७:२० मा प्रकाशित १३९ पाठक संख्या

एजेन्सी । अफगानिस्तानलाई मानवीय दु’र्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ ।राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य आवश्यक छ ।

‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ । मेरो यो सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहायता प्रमुख मार्टिन गिरिफ्थले भने । बढ्दो भोक, रोक, कुपोषण र अ’सामयिक मृ’त्यु रोग्न सहयोग गर्न पनि उनले आह्वान गरे ।१५ अगस्टमा तालिवानले सत्ता क’ब्जा गरेपछि अफगानिस्तानमा आर्थिक सं’कट बढ्दो छ । मूल्य बृद्धि बढिरहेको छ भने बरोजगार दर उच्च छ ।सन् २०२१ मा अफगानिस्तानमा अहिलेसम्मकै ख’राब खडेरी परेको थियो ।