आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिडः डब्लूएचओ


नेपाल आवाज २८ पुष २०७८, बुधबार १०:०२ मा प्रकाशित २२३ पाठक संख्या

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चे’ता,वनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वा,त्तै बढिरहेका बेला डब्लूएचओको चे’ता.वनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए ।
सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु ती’व्र चापमा परेको उनले बताए ।