आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

चाँडाे दिइने बुस्टर डोजले रोग प्र’तिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय


नेपाल आवाज २८ पुष २०७८, बुधबार १७:३२ मा प्रकाशित २३५ पाठक संख्या

को’भिडविरुद्ध दिइने बारम्बारको बुस्टर डो’जले मानिसको रोग प्र’तिरोधात्मक क्षमतामा ग’म्भीर असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चे’ताव,नी दिएको छ। ‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्र’तिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ।लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ।ओमिक्रोनका कारण सं’क्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएकाे हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृ’द्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो। बेलायतले पनि को’भिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ।अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बु’स्टर डोजबारे आवाज बढेकाे छ। युराेपपछि अहिले अमेरिकामा सं’क्रमितकाे संख्या ती,व्र बढेकाे छ। सं’क्रमित बढे पनि तत्काल प्र’तिबन्धा’त्मक व्यवस्था भने लागू गरिएका छैनन्।ओमोक्रन भेरियन्टको फैलावटसँगै को’रोना प्या’न्डेमिक’ (म’हामा’री) बाट ’इन्डे’मिक’ (निश्चित क्षेत्रमा देखिने रोग) का रुपमा विकसित हुँदै गएको पनि मेडिकल निकायले जनाएको छ।