आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

शिक्षण संस्था धमाधम बन्द हुन थाले


नेपाल आवाज २८ पुष २०७८, बुधबार १८:२२ मा प्रकाशित २५३ पाठक संख्या

महोत्तरी । संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा सिक्षकलाई नै को’रोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन् ।देशैभर को’रोनाको तेस्रो लहर सुरू भएको चिकित्सकहरूले बताइरहेको बेला यसको असर महोत्तरीमा पनि देखिएको छ । भा’इरसको जो’खिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मेर्डना खोप दिन थालेको छ ।जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर विद्यार्थीहरूलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ.

सबैभन्दा जो’खिम विद्यालय, क्याम्पसमा पर्न सक्ने भन्दै जिल्लाका सामुदायिक तथा सरकारी विध्यालयहरू आजैदेखि बन्द गरिएको छ भने निजी विद्यालय १ माघपछि बन्द गरिने महोत्तरी प्याब्सन, एनप्याबसनको तयारी छ ।कतिपय विद्यालयले भर्चुअल विधिबाट कक्षा लिनसमेत सुरु गरिसकेका छन् । तर, सरकारले अचानक गरेको निर्णयले निजी विद्यालयमा झन समस्या थपेको महोत्तरी प्याबसनको गुनासो छ ।यदि सरकारले अनुमति दिए जो’खिमरहित वातावरणमा कक्षा संचालन गर्न तयार रहेको उनीहरूको भनाइ छ । महोत्तरीमा ६२ भन्दा बढी निजी विद्यालय छन भने पाँच सयको हाराहारीमा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन् ।