आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ सं’क्रमित


नेपाल आवाज २८ पुष २०७८, बुधबार १८:५६ मा प्रकाशित १३३ पाठक संख्या

काठमाडौं ।काठमाडौं उपत्यका को’रोना म’हा’मारीको तेस्रो लहरको हटस्पट बनेको छ। देशभर एकै दिन ३ हजार ७५ स‌ं’क्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ सं’क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८,भक्तपुरमा १३४ र ललितपुरमा २३६ सं’क्रमित थपिएका हुन् ।आज थपिएकासँगै सं’क्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई सं’क्रमितको मृ’त्यु भएको छ ।