आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

श्रीमती मा’रेको अ’भियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ


नेपाल आवाज २८ पुष २०७८, बुधबार २०:२० मा प्रकाशित १२७ पाठक संख्या

कपिलवस्तु। श्रीमतीलाई मा’रेको अ’भियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।आगो लगाएर श्रीमतीको ह’त्या गरेको अ’भियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका-६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो।डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ ।

मंगलबार राति १०:३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए। चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको ह’त्या गरी फरार रहेका थिए।ससुराल कृष्णनगर नगरपालिका-६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको ह’त्या गरी ज’लाएका थिए।छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा ह’त्या भएको प्रहरीले जनाएको छ। मृ’तक किश्लावतीको श’व माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो।घ’टना भएको दुई दिनपछि कुकुरले किश्लावतीको का’टिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।