आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

अर्घाखाँची अस्पतालमा को’भिडका बिरामी शून्य


नेपाल आवाज २८ पुष २०७८, बुधबार २०:३४ मा प्रकाशित १५१ पाठक संख्या

अर्घाखाँची। कुनै समय थियो,अर्घाखाँची अस्पताल को’भिडका बिरामीले भरिभराउ हुन्थ्यो। अस्पतालमा बेड पाउनु पनि एक खालको युद्ध जिते जस्तै हुन्थ्यो।लौन मेरा बिरामीको लागि बेड मिलाइदिनुपर्‍यो भनेर फोन उठान भ्याई नभ्याई हुन्थ्यो अस्पतालका कर्मचारीहरूलाई ।

तर,अहिले अवस्था बदलिएको छ। को’भिडका बिरामीले भरिभराउ हुने अस्पताल सुनसान छ। को’भिडको जो’खिमका कारण सामान्य बिरामी सकेसम्म अस्पताल आउन खोज्दैनन् भने को’भिडका बिरामी अर्घाखाँचीमा कम देखिएका छन् ।आज मात्रै अर्घाखाँचीमा १४ जना नयाँ स’क्रमित थपिएका छन्। विगत १५ दिन यता अर्घाखाँची अस्पतालमा कुनै पनि को’भिडका बिरामी भर्ना भएका छैनन् ।

अर्घाखाँची अस्पतालका सूचना अधिकारी निम रानाका अनुसार हालसम्म अर्घाखाँची अस्पतालमा ९ सय २१ जना को’भिडका बिरामी भर्ना भएका छन्। जसमध्ये ८ सय ४७ जना निको भएर घर फर्किएका छन् भने ५० जनालाई रिफर गरिएको छ।उपचारको क्रममा हालसम्म अर्घाखाँची अस्पतालमा २४ जनाले ज्या’न गु’माएका छन्। हालसम्म अर्घाखाँची जिल्लामा को’भिडबाट ज्या’न गु’माउनेको संख्या ९१ पुगेको छ ।