आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

आजको मौसम : हेर्नुहोस यी स्थानमा वर्षा हुदैछ


नेपाल आवाज २९ पुष २०७८, बिहीबार ०७:२८ मा प्रकाशित ३९१ पाठक संख्या

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। बिहान देशका अधिकांश भूभागमा सामान्य बदली छ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।