आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

हलेसीमा विश्व शान्ति पूजा सम्पन्न


नेपाल आवाज २९ पुष २०७८, बिहीबार ०७:५४ मा प्रकाशित १४५ पाठक संख्या

खोटाङ । बौद्ध धर्मावलम्बीले खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा विश्व शान्ति पूजा गरेका छन् । विश्वभरका प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै बौद्ध धर्मावलम्बीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सोमबारदेखि तीन दिनसम्म विश्व शान्ति पूजा गरेका हुन् ।

धर्मगुरु नाटा रिम्पोछे लगायत सय जनाभन्दा बढी बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर दैनिक पूजाआजा गरेका छन्। को’भिड–१९ को कहरका बीचमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै हलेसीमा नवौं विश्व शान्ति पूजा गरिएको हलेसी विश्वशान्ति पूजा समितिका सचिव पासाङ ग्याल्जेन शेर्पाले बताए ।धर्मगुरु नाटा रिम्पोछेबाट अभिषेक प्रदान गर्दै बुधबार विश्व शान्ती पूजा समापन गरिएको हो। को’भिडको म’हा’मारीका कारण केही वर्ष यता विश्व शान्ति पूजा हुन नसकेको जनाइएको छ ।