आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

७ महिनापछि नाइजेयरियामा ह’ट्यो ट्विटरमाथिको प्र’तिबन्ध


नेपाल आवाज २९ पुष २०७८, बिहीबार ०८:०० मा प्रकाशित १३९ पाठक संख्या

एजेन्सी । अन्ततः नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्र’तिबन्ध ह’टाएको छ । राष्ट्रपति मुहमदु बुहारीको एउटा वि’वादास्पद ट्विटपछि सात महिनाअघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्र’तिबन्ध लगाएको थियो ।

बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को वि’रोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्र’तिबन्ध लगाएको थियो ।प्र’तिबन्ध ह’ट्नुअघि सरकार र ट्विटर कम्पनीबीच भएको लामो छलफल भएको थियो । ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्र’तिबन्ध फु’काउने विषयमा कम्पनीसँग सहमति जनाएका छन् । बुधबार राति १२ बजेदेखि नाइजेरियाा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ । नाइजेरियामा ट्विटरमा प्र’तिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए ।