आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

यमनलाई ४ अर्ब डलर सहयोग आवश्यकः राष्ट्रसंघ


नेपाल आवाज २९ पुष २०७८, बिहीबार ०८:३४ मा प्रकाशित १३३ पाठक संख्या

एजेन्सी । यु’द्धग्रस्त यमनका लागि यस वर्ष ३ अर्ब ९० करोड डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ। गृ’हयु’द्धमा फँ’सेको यमनमा लाखां मानिस भो’कमरीको चपेटामा परेको राष्ट्रसंघको मानवीय सहायताका अधिकारीहरुले बताउँदै आएका छन्। राष्ट्रसंघको मानवीय सहायता मामिलासम्बन्धी सहायक महासचिव तथा आ’पतकालीन उद्दार उपसंयोजक रमेश राजासिंघामले यमनका १ करोड ६० लाख मानिसहरुलाई भो’कमरीबाट जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए ।

यमनमा विगत सात वर्षदेखि गृ’हयु’द्ध चलिरहेको छ। गृ’हयु’द्धका कारण लाखौ मानिस छिमेकी मुलुकहरुमा विस्थापित भएका छन्। पछिल्लो समयमा यमनमा अन्तराष्ट्रिय समुदायले प्रदान गर्दै आएको सहयोग घटेको छ।यही डिसेम्बरमा राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले यमनलाई दिँदै आएको सहयोग कटौती गरेको घोषणा गरेको थियो । सहयोग कटौतीसँगै यमनमा थप भो’कमरी बढ्ने सरोकारवालाहरुले चि’न्ता व्यक्त गर्दै आएका छन् । भो’कमरी र ख’डेरीका कारण यमनमा हरेक वर्ष हजारौं मानिसको मृ’त्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।