आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

टेलिकमको टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली


नेपाल आवाज २९ पुष २०७८, बिहीबार ०८:४७ मा प्रकाशित १०९ पाठक संख्या

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफोनमा कुराकानी गर्न बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।महोत्तरीकै अग्लो ठाउँ चनौटेमा नेपाल टेलिकमको नेटवर्कको टावर सञ्चालनमा आएपछि संचारका लागि झ’न्झट भो’गिरहेका यहाँका स्थानीयलाई राहत भएको हो ।

यसअघि खयरमारा, लक्ष्मी भाङग्रे, झ्याउरे, पिपलदमा, गोर्दी खोला, बाँके, लामीदमार, कालीखोला, छोडके,चनौटे लगायतका ठाउँका टेलिफोनका लागि पनि बजार जान्थे । हामी निकै खुसी छौँ, स्थानीय इशारा लामाले भनिन् ।ञआफन्तसँग फोन सम्पर्कका लागि खयरमारा बजार र बर्दिबास आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । नयाँ युगको सुरुवात भएको महसुस गरेका छौँ,झ स्थानीय अर्जुन थापाले भने।टावर बनेको लामो समयसम्म सञ्चालनमा नआएपछि पूर्वमन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका थिए । त्यसपछि उनले नेटवर्क सञ्चालनका लागि टेलिकमसँग पहल गरेका थिए ।