आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

सुत्केरी हुन नसकेपछि महिलाको हेलिकोप्टरमार्फत उ’द्धार


नेपाल आवाज २९ पुष २०७८, बिहीबार १३:५५ मा प्रकाशित १०९ पाठक संख्या

संखुवासभा ।भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उ’द्धर गरिएको छ। भोटखोला–२ लिङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको बुधबार हेलिकप्टरमार्फत उ’द्धार गरी काडमाण्डौंको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो।संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उ’द्धार गरेको हो ।

उनको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको प्रजिअ खतिवडाले बताए। सुत्केरी भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा बच्चा उ’ल्टो र अ’सहज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौं पठाएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्। स्टाफ नर्स तामाङका अनुसार भिडियो एक्सरे गर्दा आमा र बच्चा दुबैको अवस्था ग’म्भीर देखिको र त’त्काल अप्रेसन गर्नुपर्ने भएकाले काडमाडौं रेफर गरिएको हो ।