आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृ’त्यु


नेपाल आवाज २९ पुष २०७८, बिहीबार १४:४० मा प्रकाशित ७०९ पाठक संख्या

कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृ’त्यु भएको छ। कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्या’न गएको हो।१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन्। वृद्धावस्था र शारीरिक रुपमा पनि अ’स्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन्। उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।