आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय ५३ सं’क्रमित थपिए


नेपाल आवाज २९ पुष २०७८, बिहीबार १७:०१ मा प्रकाशित ८२३ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा को’रोना सं’क्र’मण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा सं’क्र’मण पुष्टि भएको हो ।

यस्तैगरी,पछिल्लो २४ घण्टामा दुई सय ७१ जना सं’क्र’मणमुक्त भएका छन् भने एक जनाको सं’क्र’मणबाट मृ’त्यु भएको छ। मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय सं’क्रमित रहेका छन् । साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई को’रोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।