आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

धादिङ रुबी भ्याली पहिरो अपडेट : बे’पत्ताहरुको खोजीकार्य जारी


नेपाल आवाज २९ पुष २०७८, बिहीबार १७:५४ मा प्रकाशित १५७ पाठक संख्या

धादिङ – धादिङको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिका वडा नं १ स्थित लिम्जु पुलबाट तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा बे’पत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थल पुगेको छ ।

आज बिहान करिब साढे ७ बजे एक्स्काभेटरले बाटो खन्ने क्रममा सुक्खा पहिरो खसेको थियो। ठुल्ठूला ढुंगासहितको पहिरो खसिरहेकोले प्रहरीले पुरिएका तीनजनाको खोजीकार्य गर्न सकेको थिएन। सुक्खा पहिरो ख’स्दा एक्स्काभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र रुबी भ्याली गाउँपालिका– १ का अनुस तामाङ(सडक निर्माण समितिका सदस्य )गरी तीनजना पहिरोमा पु’रिएका छन्।

ढुंगामाटो खस्ने क्रम रोकिएपछि करिब २ः३० बजेदेखि खोजीकार्य सुरु भएको जिल्ला प्रहरीका कार्यालय धादिङका प्रमुख राकेश सिंहले जानकारी दिए। उनका अनुसार पहिरो जाँदा निर्माणकार्यमा प्रयोग भएको एक्स्काभेटर करिब एक सय ५० मिटर तल खसेको छ। मौसममा ख’राब भएकाले खोजीमा समस्या भएको छ। अहिले पनि सामान्य हिमपात भइरहेको र अझै पहिरो झर्ने सम्भावना रहेको उनले बताए। ।धादिङबेशी सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्ने उक्त क्षेत्रमा बिकट गाउँमा सडक पु¥याउन काम भईरहेको थियो।