आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

युवतीको ह’त्या गरेर फरार पुरूष २० वर्षपछि पक्राउ


नेपाल आवाज २९ पुष २०७८, बिहीबार १८:१४ मा प्रकाशित १३३ पाठक संख्या

इलाम – युवतीको ह’त्या गर्ने एक पुरूषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ। सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रे’टी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको ह’त्या गरेर फरार थिए।इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि नि’गरानी बढाएर पक्राउ गर्न सफल भएको हो।घ’टना आफूले घ’टाएको अ’भियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए। प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको छ।