आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

तराईमा हुस्सु, आज दिउँसो यी प्रदेशमा वर्षा हुने


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार ०७:१५ मा प्रकाशित १९३ पाठक संख्या

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।