आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

ग्लोबल रिस्क रिपोर्ट २०२२: नेपालका लागि यी हुन् सबैभन्दा ठूला पाँच ख’तरा


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार ०९:३२ मा प्रकाशित १०९ पाठक संख्या

काठमाडौं । विश्वमा पर्यावरणसँग जोडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताको नोक्सानी सबैभन्दा ठूला ख’तरा औँल्याइएको छ। नेपालमा पनि पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा ज’टिल बन्दै गएको छ ।हालको अवस्थामा त को’भिड-१९ सबैभन्दा ठूलो चुनौती बनेर खडा भएको छ।

तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी ग्लोबल रिस्क रिपोर्ट २०२२ु अनुसार नेपालमा सबैभन्दा ठूलो ख’तरा रोजगारी र जि’विकोपार्जनमा संक’ट रहेको छ।डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेरोजगारीको समस्या बढ्दै गएको छ। त्यसपछि दोस्रो ठूलो ख’तराको रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेको छ । प्रा’कृतिक स्रोतको बढ्दो दो’हनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएको हो।तेस्रो ठूलो ख’तरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएको छ भने चौथोमा सं’क्रा’मक रोगको सं’क्र’मण ख’तरा रहेको छ। नेपालमा को’भिड-१९ मात्र होइन विभिन्न खाले सं’क्रा’मक रोगको प्र’कोप बेलाबेला फैलने गरेको छ ।

पाँचौ नम्बरमा डिजिटल असमानता र लामो समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएको छ। प्रविधिको क्रान्तिसँगै डिजिटल प्रयोग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन्। जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचको खाडल झन बढ्ने आँ’कलन गरिएको हो । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ। कुल जनसंख्याको झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडको मार्न नसक्दा समस्या बढेको हो ।

वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ। जसमा विश्वसामु सबैभन्दा ठूला ख’तरा पहिचान गरिएको हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक सं’कट, जियो-पोलिटिक्स र अन्य विषय समावेश गरिएको हुन्छ ।यो वर्षुग्लोबल रिस्क रिपोर्ट २०२२, मा १२४ देशका १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएको छ। त्यसबाहेक सर्वे पनि गरिएको छ ।