आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

भारत-पाक विभाजनको बेला छुट्टिएका दाजुभाईको जब ७४ वर्षपछि पुनर्मिलन भयो….


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १२:३९ मा प्रकाशित १५१ पाठक संख्या

एजेन्सी । सन् १९४७ मा भारत ब्रिटिश सा’म्राज्यबाट स्वतन्त्र भएको थियो । तर,स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चु’काएको थियो।भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र-भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो। विभाजनसँगै हिं’सा र न’रसं’हार पनि म’च्चिएको थियो। विभाजनको घा’उ अझै पनि दुबै देशमा देखिन्छ ।

भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् । सिद्दिकीले विभाजनपिछ भारतको पन्जाबको फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भा’वुक बनेका थिए। एकले अर्कोलाई अं’गालो हालेर आँशु चु’हाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए ।