आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

प्रदेश २ मा को’रोना सं’क्रमित बढ्न थालेपछि आवश्यक तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १३:०८ मा प्रकाशित १३९ पाठक संख्या

ज्नकपुरधाम । छिमेकी मुलुक भारतमा को’रोना सं’क्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले म’हा’मारीलाई रोक्न आवश्यक तयारी थालेको छ ।मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग को’रोना म’हा’मारीलाई फैल्न नदिन तथा को’रोना सं’क्रमितिको लागि औषधि उपचारको विषयमा छलफल गरेका छन् । को’रोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए ।

को’भिड १९ कै अलग प्र’जाति ओमिक्रोन भेरियन्ट झन सं’क्रा’मक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आ’मजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताए ।पहिलो र दोस्रो लहरको सं’क्र’मणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न उनले निर्देशन दिए । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उनले बताए ।

त्यसैगरि, प्रदेशमा १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।यस्तै, प्रदेशभरि १२ वटा पीसीआर परीक्षण मेसिनबाट को’भिड-१९ जाँच हुँदै आएको जनाएको छ ।मंसिरको अन्तिम सतासम्म स्थिर देखिएको को’रोना भा’इरस सं’क्र’मणको ग्राफ पुस सुरु हुँदै प्रदेश २ मा बढ्दै गएको छ । बिहीबार मात्रै प्रदेश २ का आठवटै जिल्ला गरेर ११२ जना को’रोना सं’क्रमित पाइएको छ ।यसअघिका को’रोना भा’इरससं’क्र’मणबाट प्रदेश २ मा एक हजार ४० जनाले ज्या’न गु’माइसकेका छन् भने ३७ हजार ७०६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संघीय सरकारले पुस मसान्तभित्रमा ६६ प्रतिशत नागरिकलाई को’भिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुस मसान्त भइसक्दा पनि प्रदेश २ मा त्यो अझै ४० प्रतिशतले मात्र खोप लगाउन सकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले खोपको अभाव नरहेको र लगाउने आउने सर्वसधारणको संख्या निकै कम रहेको बताए । रेडियो, पत्रपत्रिका लगायतबाट खोप सम्बन्धि जानकारी गराएपनि ग्रामिण क्षेत्रमा अझै सर्वसधारणले खोप लगाउन नसकेको उनले बताए ।