आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

बाजुरामा आइसोलेसन कक्ष नहुँदा सं’क्रमितलाई पालमा राखियो


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १६:१५ मा प्रकाशित १८१ पाठक संख्या

बाजुरा । बाजुरामा को’रोना सं’क्रमितका लागि आईसोलेसन कक्ष नहुँदा पाल भित्र राखिएको छ। कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा सं’क्रमित भएका एक जनालाई पाल भित्र राखिएको हो ।बुुढीनन्दा नगरपालिका–७ का करिब ३१ वर्षिया महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट को’रोना सं’क्र’मणको पुष्टि भएको थियो। बुधवार एन्टिजेन परीक्षणबाट सं’क्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।

स्वास्थय परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उनले बताए। ‘घर जाउँ भने अ’पहेलना गर्छन, को’रोना भएको हल्ला बजारभरि छ’, उनले थपे । सं’क्र’मण भएको नगरपालिकालाई जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उनको गु’नासो छ।नगरपालिकासँग बस्न र कपडा पातको ब्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थ’र्काउँदै आफैँले व्यवस्थापन गर्ने भनेको कार्कीले बताए ।

नगरपालिकमा आइसोलेन कक्ष नहुँदा सं’क्रमितलाई अहिले आयुर्वेदको भवन नजिकै पाल भित्र राखिएको छ। ईलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा बसिरहेको सं’क्रमितले बताएका छन।नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने नगरपालिकाले निमार्ण गरेका आइसोलेसन कक्ष टाढा भएका कारण सं’क्रमित पनि बस्न न’मान्ने गरेका र स्वास्थ्यकर्मी पनि चेकजाँचका लागि जान नमानेका कारण समस्या भएको बताए ।