आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

लागु औषध गाँजासहित दुई जना मलेखुबाट पक्राउ


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १८:४८ मा प्रकाशित ७६३ पाठक संख्या

मलेखु – ईलाका प्रहरी कार्यालय गजुरीले धादिङको मलेखुबाट लागुऔषध ८ किलो १३० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु बजार स्थित प्रहरी चौकी मलेखुबाट खटीएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा गजुरी गाउँपालिका वडा नम्बर २ मजुवाडाँडा बस्ने बर्ष २१ को सुन्दर तामाङ र सोही ठाउँ बस्ने बर्ष १९ को किसान परियारलाई पक्राउ गरेको हो ।
गत २८ गते बुधवार वेलुका १० बजेको समयमा पछाडी भिर्ने झोला र कालो लेदरको जस्तो देखिने पछाडी भिर्ने अर्को झोला लिई शंकास्पद अबस्थामा पृथ्वी राजमार्गमाबाट ताल्ती आउने जाने सडक खण्डबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो।प्रहरी चौकी मलेखुका प्रहरी सहायक निरीक्षक खड्का अनुसार उनिहरु काठमाण्डौबाट मुग्लिन तर्फ जाने गाडी कुरी बसिरहेका थिए। सो क्रममा झोला चेकजाँच र निजहरुको शरीरि समेतको खानतलासी गर्दा उनीहरुको साथबाट ८ किलो १३० ग्राम लागुऔषध गाँजा फेला परेको हो।पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान र कार्वाहीका लागि लागु औषध सम्बन्धि कसुरमा म्याद थप गरी हिरासतमा लिइएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।