आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृ’त्यु


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १९:५४ मा प्रकाशित १५७ पाठक संख्या

रुपन्देही – रुपन्देहीको भैरहवामा आज भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगरको बुद्ध चोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको घटनास्थलमै मृ’त्यु भएको हो ।
बाटो क्रस गर्ने बेला ती’व्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृ’त्यु भएको हो । बुद्ध चोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनी नजिक ल्याएपछि आ’क्रो’शित स्थानीयले ट्रकमाथि ढुं.गामुढा गर्दा क्षति पुगेको छ । प्रहरीले ट्रक र चालक प्रहरी नि’यन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ ।