आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

मुग्लिङ नजिकै स्कार्पियो जीप त्रिशुलीमा खस्यो, चालकसहित सातजना घाइते


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार २१:१९ मा प्रकाशित १४५ पाठक संख्या

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका-६ मुग्लिन नजिकै जीप दुर्घटना भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डको तीन नम्बर पुल नजिकैबाट स्कार्पियो जीप त्रिशुली नदी किनारमा खसेको हो ।नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा.१३च४३६५ नम्बरको स्कार्पियो जीप अनियन्त्रित भई सडकबाट ६० मिटर तल त्रिशुली नदीको किनारामा पुगेको छ । जीपमा रहेका चालकसहित ७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ । २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।