आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

पोखरामा ती’व्र रुपमा को’भिड–१९ सं’क्र’मण वृद्धि, हुनेभयो ‘स्मार्ट लकडाउन’


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार २३:१६ मा प्रकाशित १६३ पाठक संख्या

पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि ती’व्र रुपमा को’भिड–१९ सं’क्र’मण वृद्धि भएपछि स्थानीय प्रशासनले शनिबारदेखि ‘स्मार्ट लकडाउन’ गर्ने भएको छ । यसअघि मेला महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले को’भिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको सं’क्र’मण फैलिँदै गएकाले शनिबारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक लगाइएको जानकारी दिए ।
प्रजिअ आचार्यले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला को’भिड–१९ व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभरी खोप कार्ड अनिवार्य गरेको बताउँदै शनिबारदेखि सार्वजनिक सेवा लिन को’भिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने बताए ।प्रजिअ आचार्यले जारी गरेको आदेशमा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनैतिक, सामाजिक तथा साँस्कृतिक लगायतका भेला, महोत्सव, मेला सभा सम्मेलन गर्न रोक लगाएको उल्लेख छ । आदेशमा सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्क र भौतिक दूरी कायम गर्नुपर्नेमा जोड दिइएको छ । हवाई जहाजबाट यात्रा गर्नुपूर्व को’भिड खोप लगाएको कार्ड वा को’भिड नेगेटिभ भएको खोप कार्ड देखाउनुपर्ने छ ।
जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा रोक लगाइए पनि सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न अुनमति दिएको छ । औषधि लगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालना नगरेमा कानुन बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।प्रशासनले धार्मिक, पारम्परिक, साँस्कृतिक कार्य गर्दा/गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ । साथै सेवा प्रदायकहरुले खुल्ला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ । कास्की प्रशासनले जारी गरेको आदेशको पालना भए/नभएको अनुगमन गरि उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।