FLASH NEWS

ढुंगा लागेर एक जनाकाे मृत्यु


नेपाल आवाज २९ माघ २०७९, आईतवार १८:३२ मा प्रकाशित १२९१ पाठक संख्या

सुर्खेत , २९ माघ, २९ माघ ।  रुकुम आठबीसकोट नगरपालिका ११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर मृत्यु भएको छ । जाजरकाेट नलगाड नगरपालिका ५ कालीमाटीबाट  खारा तर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई नगर अस्पताल दल्लीमा ल्याएर उपचार गर्दा गर्दै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले जानकारी दिए ।


बसको ठक्करबाट महिलाको मृत्यु: सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु छ । आइतबार दिउँसो बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ति महिलालाई ठक्कर दिएको हो ।

नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

उनकअनुसार बसपार्क भित्रै घटनाको कारण भने खुलेको छैन् । ‘घटनालगत्तै भिड जम्मा भइसकेकाले कसरी घटना भयो भन्ने अहिल्यै केही खुलेको छैन,’ प्रवक्ता शाहीले भने, ‘बसलाई नियन्त्रणमा लिएका छौं, चालक फरार रहेकाले खाजीसँगै घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।’