FLASH NEWS

मदिरा पिएर कुटपिटमा उत्रिएका कलाकार ‘म्याकुरी’ पक्राउ


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १६:२७ मा प्रकाशित २३७१ पाठक संख्या

इटहरी ।  मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन्।इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिए पछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको हो। बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाका अनुसार ‘म्याकुरी सहित दुई जनालाई  बेलबारीका एक युवालाई कुटपिट गरेको पाए पछि पक्राउ गरिएको हो । सो कुटपिट बाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ।