FLASH NEWS

कम्बोडिया पठाइदिने बहानामा ठगी गर्ने एक जना पक्राउ


नेपाल आवाज ५ फाल्गुन २०७९, शुक्रबार १५:०८ मा प्रकाशित १६५७ पाठक संख्या

काठमाडाै‌ं ।  कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख  भगवती माई गाउँपालिका – २ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।


विभिन्न व्यक्तिहरू लाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरू बाट पटक पटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन बाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका -२६ गोंगबु बिजिमहल बाट पक्राउ गरेको हो ।

उन लाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।