FLASH NEWS

बढ्याे सुनको भाउ


नेपाल आवाज ६ बैशाख २०८०, बुधबार ११:५१ मा प्रकाशित ४२३१ पाठक संख्या

काठमाडौं, ६ वैशाख । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन बुधबार भने ३०० रुपैयाँले बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने बढेको छ।

बुधबार चाँदीको तोला १५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि मंगलबारचाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।